आलोक यादव /पब्लिक आवाज
सिरहा , पुस २४ । दिगाे विकासका लागि बालबालिकामा लगानी आवश्यक रहेको नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताले बताए । बालबालिकामा लगानी गरेअनुसार प्रतिफल प्राप्त हुने वताए । सिरहाको लहानमा अनाैपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जनकपुर कार्यालयद्वारा २०७५ पुस २३ गतेदेखि सुरु भएकाेतालिमका प्रमुख अतिथि समेत रहेका गुप्ताले भने मधेशमा छाेरीलाइ पढाउने अहिले पनि कन्जुस्याइँ गरिरहेकाेले मधेमा शिक्षाको पहुँचबाट महिलाहरू अहिले पनि टाढा रहेकाे धारणा राखेका थिए ।
शिक्षाले नै समाज र देश परिवर्तन गर्ने भएकाे हुदा महिला र पुरूषकाे शिक्षामा सम्मान रूपमा पहुँच हुनुपर्नेमा जाेड दिए ।दुई दिनसम्म चल्ने तालिममा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक विजय कुमार यादवले भने बालबालिकाले नै समाज परिवर्तनको संवाह हुने भएकाे हुदा बालबालिकामा गुणस्तरीय शिक्षामा जाेड दिनुपर्ने बताए । बालबालिकालाइ सहि मार्ग निर्देश गर्ने अभिभावक समेत सचेत हुनुपर्ने वताए ।
तालिममा महिला मानव अधिकार रक्षक संजाल सिरहाका सदस्य गंगा अधिकारी,पत्रकार, संरक्षक शिक्षक र बालअधिकार चेतना समुहका सदस्य सहित ४० जनकाे सहभागीता रहेकाे आयोजकले बताए । तालिममा इन्सेक अभियान ,बालअधिकारकाे ऐतिहासिक विकास,वाल याैन दुर्ववहार,भित्ते पत्रिका लेखन,बालअधिकार महासंन्धि,बालबालिका सम्बन्धि बनेकाे ऐन,बालश्रम,बालअधिकार चेतना समुहका वार्षिक कार्ययोजना लगायतको सवालमा तालिममा सहजिकरण भइरहेकाे आयोजक ले जनाएको छ ।
दुइदिने तालिमको सहजिकरण इलाका प्रहरी कार्यालय लहाजका प्रहरी निरीक्षक विजय कुमार यादव,नेपाल पत्रकार महासंघका सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ता ,महिला मानव अधिकार रक्षक सञ्जाल सिरहाका सदस्य गंगा अधिकारि,इन्सेकका प्रदेश संयाेजक राजु पासवान,फाेकल पर्सन जागेश्वर यादवले सहजिकरण गरिरहेकाे आयोजकले जनाएको छ ।