बारा घटनामा विप्लबको यस्तो प्रेस विज्ञप्ती !

काठमाडौँ, हिजो आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।

उक्त क्षेत्रमा उद्धार कार्यमा खटिन सबै पार्टीका नेताले आ-आफ्ना कार्यकर्तालाई आवहान गरेका छन् । यस्तैमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले घटना बारे दुख पोख्दै एक प्रेस विज्ञप्ती जारी गरेको छ ।

जारी विज्ञप्तिमा क्त घटनाले सिङ्गो पार्टी पंक्तिलाई निकै दुखी बनाएको र सम्बन्धीत घटनास्थलमा आफ्ना सम्पूर्ण पार्टी पंक्ति र जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई उद्धारमा लाग्न निर्देशन दिइएको छ ।

विज्ञप्तीमा लेखिएको छ, ‘ उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । ‘

साथै समुहले मृतकका परिवारलाई राहत, घाइतेहरुको स्वास्थ्य उपचारको व्यवस्था र घरबारविहीनहरुको व्यवस्थापनको माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया