काठमाडौँ, आँधीहुरीले तहसनहस बनाएको बाराका जनता आकाश कालो भै बादल मडारिदा पनि डराउँछन् । त्यहि झट्काबाट बाहिर निस्किन नसक्दै बारामा मंगलबार बिहान पुनः असिना पानीसहित हुरी आएको छ ।
असिना–पानीसहित आधा घण्टासम्म आएको हावाहुरीले एसईईका साथै जनजीवन प्रभावित पारेको छ । यस कारण सिमरा उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ ।
उक्त हुरीले करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाउँदा प्रहरी प्रभावित भएका छन् । हुरीले उपमहानगरपालिकाको गहुँ, मकै, तरकारीलगायत बालीमा क्षति पुर्याउनुका साथै सिमरा एफएमको टावरसमेत उडाइ कतिपय स्थानमा रुख समेत ढालेको छ ।
घरका छतमा राखिएका सोलार प्यानल उडाएका छन् भने यसबाट एसईई परिक्षा निकै प्रभावित भएको छ । ‘ आधा घण्टासम्म आएको असिनापानी र हुरीले विद्यार्थीहरुले लेख्नै सकेनन् । त्यसैले थप समय उपलब्ध गराउने निर्णय भएको हो । ‘