काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नयाँबानेश्वर क्षेत्र पुगेका छन् । मेयर साह यस अघि त्यस क्षेत्रबाट फुटपाथ व्यापार हटाइएपछि प्रगति बारे अवलोकन गर्न नयाँबानेश्वर क्षेत्र पुगेका हुन् ।
स्थानीय घर धनी र व्यापारीहरुको सहयोग लिएर फुटपाथको अवस्थाबारे अवलोकन गनै त्यस क्षेत्र पुगेका साहले अन्डरग्राउण्ड पार्किङमा पनि सटर राखेर गरिएका व्यापार समेत हटाउन निर्देशन दिएका छन् ।
जसअनुसार अनुसार अहिले महानगर प्रहरी र कर्मचारीहरुले काम गरिरहेका छन् ।नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष लुइँटेलका अनुसार बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको जानकारी दिएका छन् ।
अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न भन्दै यस अघि पनि काठमाडौं महानगरपालिकाले सूचना निकालेर जानकारी गराएको थियो ।







