बानेश्वरमा मेयर बालेनविरुद्ध नाराबाजी र प्रदर्शन

नयाँ बानेश्वरस्थित सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीहरूलाई नगर प्रहरीले हटाउन थालेपछि व्यापारीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

बुधबार साँझ अचानक नगर प्रहरीले सडक छेउका व्यापारीहरुका सामान उठाउन थालेपछि उनीहरूले मेयर बालेन विरुद्ध नाराबाजी गरेका हुन् ।

अहिले साँझ बानेश्वर चोकदेखि थापा गाउँ जाने बाटोबीचमा पर्ने छक्कु बक्कु पार्क नजिकै सडक छेउमा व्यापारीहरू नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

नगरपालिकाले अर्को व्यवस्थापन नगरिकन आफ्नो व्यापार बन्द गराउन खोजेको भन्दै सडक छेउका व्यापारीहरू आन्दोलित बनेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया