बानेश्वरबाट २ लाख रुपैयाँ सहित ८ जुवाडे पक्राउ !

साभार तस्विर

काठमाडौँबानेश्वरबाट २ लाख रुपैयाँ सहित ८ जना जुवाडे पक्राउ गरिएको छ ।

नेपाल प्रहरीले बुधबार काठमाडौं महानगरपालिका–३१ स्थित जयराम ठकुरीको घरबाट नगद १ लाख उनान्सय हजार ५ सयसहित ८ जुवाडेलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएको टोलीले नगदसहित ८ जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका ८ जनालाई हाल बानेश्वर वृत्तमा राखी अनुसन्धान थालिएको बोगटीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया