काठमाडाैं । भारतको उत्तर बिहारमा आएको बाढीका कारण कैयौं परिवार विस्थापित भएका छन् ।
त्यहाँको तीन सय परिवारले बाच्नकै लागि मुसा मारेर खाइरहेका छन् ।
कदवाको दांगी टोलामा तीन सय परिवार बाढीमा फसेका थिए ।
उनीहरुसँग भएको सबै अन्नपातहरु पनि बाढीले बगाइसक्यो ।
तीन दिनसम्म खानको लागि केही पनि नपाएपछि उनीहरुले मुसा मारेर खाएको आजतकले जनाएको छ ।
यो खबर पाएपछि त्यहाँका सांसद्ले बाढीपीडितहरुको लागि प्रसाशन अझ कटिवद्ध भएर लाग्ने जनाएको छ ।
उसो त यो समुदायका मानिसहरु पहिला पनि मुसा खाने गर्थे ।
पछि सरकारी कार्यक्रमका कारण अन्नहरु पाउन थालेपछि उनीहरुले मुसा मारेर खान छाडे तर अहिले फेरि उनीहरु एकपटक आफ्नो पुराना दिनमा फर्किएका छन् ।







