बाजुरामा मतपेटिकामा आगजनी, मतदान स्थगित

बाजुरा । प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको क केन्द्रको प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको छ । मतदान अधिकृत रामकुमार यादवका अनुसार एकाएक मतपेटिकामा धुवाँ निस्किएको बताउँनुभयाे । मतपेटिकामा आगजनी कसले गरेको हो भन्नेबारे खुल्न नसकेको उहाँको भनाइ छ । उक्त घटनापछि पुनः मतदान गराउने या के गर्ने भन्नेबारे खुलेको छैन । आगो देखिएपछि पेटिकामा पानी खन्याइएको उहाँको भनाइ छ । उहाँका अनुसार कुल ८४० मतदाता रहेकामा त्यस केन्द्रमा ५२८ खसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया