काठमाडौँ, बाख्राको काँचो मासु खाँदा एकै गाउँका १६ जना बिरामी परेका छन् । स्थानीय दिपक बहादुर खड्काका अनुसार आदर्श गाउँपालिका-१ मेलगडा गाउँमा शनिबार दिउँसो काटेको बाख्राको मासु खाँदा माहामारीको रुप लिएको हो ।
सबै बिरामीलाई उपचारको लागी शनिबार बेलुका नै दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएको हो । अस्पताल स्रोतका अनुसार बिरामीको अवस्था सामान्य रहेको छ ।
बिरामी हुनेमा सत्ति देवी खड्का (४०), उनकी छोरी पार्वती खडका (१४) कल्पना खड्का (११), प्रेम खडका २७, उनकी श्रीमती ईसरा देवी खडका (२४) , छोरी उर्मिला खड्का (३), पदम खड्का (३८), उनका छोरा रोशन खड्का (८), छोरी एलिसा खड्का (२), नवराज खड्का (२६), सरस्वती खड्का (९), गोमा देवी खड्का (५६) रहेका छन् ।
त्यसैगरी मानि खड्का (३५),उनका छोरा नारद खड्का (१३) र छोरी अनिसा खड्का (१०) रहेका छन् । अस्पतालले बिरामीलाई काचो मासुका कारण झाडापखाला लागेको बताएको छ ।