एजेन्सी । बाँदरले घरको छतबाट झारिदिएपछि भारतमा बच्चाको मृत्यु भएको छ । यो घटना भारतको उत्तर प्रदेशको बरेली जिल्लाको डन्का गाउँमा भएको हो ।
स्थानीयका अनुसार बाबु र आमा आफ्नो बच्चालाई काखमा लिएर घरको बार्दलीमा बसेका थिए । सोही बेला बाँदरको एक हुल आयो । र, बच्चाका बाबु निर्देश उपाध्याय र बच्चा काखमा लिएर बसेकी आमालाई बाँदरले आक्रमण गर्न थाल्यो । त्यसपछि निर्देश र श्रीमती सिँडी हुँदै सुरक्षित स्थान तिर भागेका थिए ।
सो बेलासम्म ३ तले घरको छततिर बाँदरकाे हुल पुगिसकेकाे थियाे । पीडित बुबा निर्देश उपाध्यायका अनुसार भाग्ने क्रममा श्रीमतीले सन्तुलन गुमाएर सिँडीमै बच्चा झार्न पुगिन् । त्यसपछि बाँदरले बच्चालाई भवनको बार्दलीबाटै फ्याँकेको थियो ।
सो क्रममा ४ महिने शिशूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसपछि उपाध्याय र उनकी पत्नीलाई समेत बाँदरले आक्रमण गरेको जनाइएको छ ।
उनीहरुले बाँदरको आक्रमणबाट जोगिन परीवारका अन्य सदस्य तथा छिमेकीहरुलाई गुहार गरेका थिए । तर उनीहरुलाई उद्धारका लागि अन्य आइसक्दा घटना भइसकेको बताइएको छ ।
पछि आएका परीवारका अन्य सदस्यलाई पनि बाँदरले आक्रमण गरेको एक रिपोर्टले जनाएको छ ।
घटनामा दुखद पक्ष के थियो भने ती बच्चा ४ महिना भइसक्दा पनि उनको नाम जुराइएको थिएन । बच्चाले आफ्नो नाम पनि नपाई देहावसान हुनु पर्यो । त्यो पनि बाँदरको हातबाट ।
उनको नाम राख्न उक्त दिन नै उनको परीवारले एक कार्यक्रमको आयोजना समेत गरेको थियो ।