काठमाडौँ, मंगलबार बिहान सिराहा बाट बिराटनगर आउदै गरेको यात्रुबाहक बसले सुनसरीको कोशी गाउँपालीमामा पानी बेच्ने १० वर्षीय बालकलाई किच्दा उनको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा सोहि गाउँपालीका ८ भाण्टावारी बस्ने युसुफ मियाको १० वर्षीय छोरा नुर सलामको मृत्यु भएको हो । सप्तरीको भारदहबाट पानी बेचेर भाण्टावारी आउने क्रममा ना ६ ख ५९६६ नम्बरको बसले किचेर उनि गम्भीर घाइते भएका थिए ।
घाइते बालक सलामलाई जिल्ला अस्पताल इनरुवा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब निरीक्षक अवधलाल साह सोनारले जानकारी दिएका छन् ।
बसबाट खसेका बालक पछाडीको चक्काले किचेर गम्भीर घाइते हुँदा अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेपछि शव पोस्टमार्टमको लागि सोहि अस्पतालमा राखिएको बुझिएको छ ।
प्रहरी नायब निरीक्षक सोनारका अनुसार बालकलाई ठक्कर दिने गाडीसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको छ ।