काठमाडौँ, दोलखाबाट रामेछापतर्फ आउँदै गर्दा रामेछापको मन्थली नगरपालिका-२ लिपेखोलामा बसको ढोकाबाट खसेर सोही बसले ठोक्दा एक युवतीको ज्यान गएको छ ।
बा३ख ३२६१ नम्बरको अरनिको यातायातको बसले यसरी ठक्कर दिँदा सोहि नगरपालिका वडा नम्बर २ निवासी २२ वर्षीय सुमित्रा कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते हुँदा उनलाई मन्थलीस्थित तामाकोशी सहकारी अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचार गरे पश्चात थप उपचारको लागी धुलिखेल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता शेख अदालतले जानकारी दिएका छन् ।
ठक्कर दिने गाडीसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताएका छन् ।