झापा-मेचीनगर नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको नागरडुब्बामा मे१ख ७६७५ नम्बरको यात्रुवाहक बसको ठक्करले आज एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार सो दुर्घटनामा मेचीनगर–९ का ६५ वर्षीय घनश्याम बड्तौलाको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ तीव्रगतिमा जाँदै गरेको अवस्थामा बसले सडकमा बड्तौलालाई ठक्कर दिएको थियो ।
चारआली प्रहरी चौकीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।