काठमाडौँ, गए राति झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर २ की १४ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ ।
राती करिब साढे ९ बजे बालिका बलात्कारको अभियोगमा राजेन्द्र अधिकारीलाई गिरफ्तार गरिएको हो । बलात्कारको घटनालाई मिलाइदिने वाचा गरि सोही गाउँपालिका अध्यक्ष रवीन्द्र लिंग्देन सहित खगेन्द्र राजवंशी र टिकेन राजवंशीले पीडकबाट साता लाख रुपैयाँ लिइ पीडितलाई १ लाख रुपैयाँ मात्र दिएपछि मात्र यो घटना सार्वजनिक भएको हो ।
घटनामा संलग्न गाउँपालिका अध्यक्षा रवीन्द्र लिंग्देन, खगेन्द्र राजवंशी र डिकेन राजवंशी फरार छन् भने पीडक अधिकारीलाई प्रहरीके गिरफ्तार गरेको छ । उनि माथि अनुसन्धान भैरहेको हल्दीबारी प्रहरी चौकीका सई कुमार खड्काले बताएका छन् । घटना सम्बधि पिडित संग पनि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।