काठमाडौँ, झापाको कमल गाउँपालिकामा २० बर्षीय युवतीलाई बलात्कार गरेको अभियोगमा ४२ वर्षीय शम्शेर तामाङलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार पिडितका परिवारले जाहेरी दिएको आधारमा तामाङलाई मंगलबार राती पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय दमकमा पक्राउ परेका तामाङसंग थप अनुसन्धान भैरहेको श्रेष्ठले बताएका छन् ।