काठमाडौँ, सरकारले विप्लबका गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण सडकमा कतै पनि बन्दकर्ता नदेखिएका भए पनि विभिन्न स्थानमा बिहानैदेखि शंकास्पद वस्तु तथा बम भेटिएका कारण सार्वसाधारण भने त्रसित बनेका छन् ।
उक्त बन्दको विरुद्ध गर्दै पोखरामा विवेकशील साझाले पोखरामा प्रदर्शन गरेको छ । विवेकशील साझा पार्टीले पोखराको पृथ्वीचोकमा नेपालको झण्डा बोक्दै बन्दको विरोध गरेका छन् ।
‘बन्दले देश बन्दैन’ जस्ता नाराहरु लगाएर प्रदर्शन गरिएको थियो । उनीहरुले विप्लब समूह र सरकारलाई शान्तिपूर्ण संघर्ष गरि वार्ता र संवादमार्फत निश्कर्ष निकाल्न आग्रह गरेका छन् ।