बन्दकर्ताद्वारा डिजेल छर्की जन्तीको बसमा आगजनी !

फाइल फोटो

काठमाडौँ, सरकारले विप्लबका गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण सडकमा कतै पनि बन्दकर्ता नदेखिएका भए पनि विभिन्न स्थानमा बिहानैदेखि शंकास्पद वस्तु तथा बम भेटिएका कारण सार्वसाधारण भने त्रसित बनेका छन् ।

बन्दकर्ताले आज बिहान कैलालीको राजीपुर जङ्गल नजिकका सडकमा एक जन्ती बसमा आगजनी गराएको छ । जन्तीका ब्याण्डबाजा बजाउने १२ व्यक्ति रहेका म १ ख ४४१ नं को उक्त जन्ती बसलाई राजीपुरको जङ्गलमा बिहान चार बजेको समयमा रोकेर अपरिचित नौ जनाको समूहले डिजेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताएका छन् ।

भजनीबाट भीमदत्तनगरतर्फ गैइरहेको उक्त बसमा सवार कसैलाई कुनै क्षति नभएको बताइएको छ । त्यसै गरी कैलालीकै गोदावरी नगरपालिका–४, गोदावरीमा रोकिराखेका बस जलाइदिने धम्कि दिने समूहका ३ व्यक्तिलाई प्रहरीले नियनत्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा कञ्चनपुर बेतकोटका कोषराज भट्ट, भीमदत्तनगरका सुशिला चन्द र डोटी विपीनगरका धनबहादुर बम रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया