पब्लिक अवाज/ संवाददाता
नेपाली सिनेमा क्षेत्रकै उदाहरणिय जोडी नायिका वर्षा राउत र नायक संजोक कोइराला भ्यालेन्टाइनमा विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समय देखि प्रमेमा रहेको जोडीले भ्यालेन्टाइनमा बिहे गर्ने पक्का भएको छ । नायिका वर्षा राउतले आफ्नो फेसबुक पेजबाट विहेको निमन्त्रणा पत्र समेत सार्वजनिक गरेकी छिन् ।
बलिउडका चर्चित नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले बिहे गर्न लागेको जानकारी जुन शैलीमा दिएका थिए, सोही शैलीमा बर्षा र संजोगले पनि फ्यानलाई सरप्राइज दिएका छन् । यद्दपी उनि हरुले विहे भने नेपालमै गर्ने बताएका छन् ।
उनले सार्वजनिक गरेको कार्डमा लेखिएको छ–‘प्रेम यही छ । प्रेम हावामा उडिरहेको छ । प्रेम सेलिव्रेट गर्ने दिनमा नै हामी बिहे गर्दैछौ ।’
सार्वजनिक गरेको निमन्त्रणा पत्रको कमेन्टमा उनिहरुलाई आर्शिवाद र माया दर्शाउनेको संख्या अधिक रहेको छ । पब्लिक आवाजको तर्फबाट पनि वर्षा र संजोकलाई अग्रिम रुपमा वैवाहिक जीवनको शुभकामना छ ।