बच्चा एरपोर्टमा छोडिएकै कारण पाइलटले गराए आकस्मिक अवतरण, सामाजिक संजालमा प्रशन्शै प्रशंशा !

फाइल फोटो

काठमाडौँ,  संसार विभिन्न थरिका मानिसले भरिएको छ । निर्दयी समाजमा कोहि दयाले यतो भरिपूर्ण हुन्छन् कि त्यसको अनुमान समेत लगाउन सकिँदैन । यस्तै दयाको एक उदाहारण भेटिएको छ साउदी अरेबियामा ।

किंग अब्दुल अजिज अन्तराष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुरका लागि उडेको साउदी एयरलाइन्सको जहाजमा रहेकी एक महिलाले आफ्नो बच्चालाई एरपोर्टमै छोडेर आएको थाहा भयो । जब ति महिलालाई आफ्नो बच्चा एरपोर्टमै छोडिएको याद आयो तब बिमानले उडान लिइसकेको थियो ।

उनि रुन कराउन थालिन् । यो कुराको जानकारी पाए पश्चात पाइलटले उक्त विमानलाई पुन विमानस्थलमै फर्काएर आकस्मिक अवतरण गराए । यस्तो कारणले विमानको आकस्मिक अवतरण गरिएको सायद यो पहिलो घटना हुनुपर्छ । बच्चा एरपोर्टमा छाडिएकै कारण विमानलाई मोडेर आकस्मिक अवतरण गराउने ती पाइलटको सामाजिक संजालमा निकै प्रशंशा भैरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया