काठमाडौँ, सामाजिक संजालमा विभिन्न ह्यासट्यागहरु ट्रेन्डमा आइरहन्छन् । केहि समय अघि मात्र #टेन यर्स च्यालेन्ज ट्रेन्डमा थियो भने अब अर्को ह्यासट्याग सामाजिक संजालमा छाइरहेको छ ।
#ट्र्यास ट्याग ( #trashtag ), अर्थात सार्वजनिक स्थानमा थुप्रिएका फोहोरमैला सफा गर्ने, फोटो खिच्ने र सामाजिक सञ्जालमा सेयर गर्ने । बाँकी ह्यास ट्यागहरले मनोरंजन मात्र दिने काम गर्दथ्यो भने यस ह्यास ट्याग समाजमा राम्रो परिवर्तन ल्याउने अभियान हो ।
आफ्नो वरिपरि कहाँ फोहोरमैला थुप्रिएको छ खोज्नुहोस्। फोटो खिच्नुहोस्। त्यसपछि मास्कले नाक-मुख छोप्नुहोस्। पञ्जा लगाउनुहोस्। अनि सबै फोहोरमैला बोरामा कोचेर त्यो ठाउँ झाडूले चिरिचट्ट पार्नुहोस्। अनि सामाजिक संजालमा पोस्ट गर्नुहोस् । साथमा लेख्नुहोस्- #ट्रयासट्याग च्यालेन्ज कम्प्लिटेड ।
#ट्रयासट्याग अर्थात् फोहोरमैला सफा गर्ने चुनौती अरूभन्दा पृथक छ । यो आफ्नो टोल र सहरबजार सफा राख्ने अभियानसँग जोडिएको छ ।यो समाजलाई सफा बनाउने निकै राम्रो अभियान हो ।
पछिल्लो समय यो चुनौती स्वीकारेका धेरै युवाले सामाजिक सञ्जालमा सफाइका तस्बिर राखेका छन्। यसले धेरैलाई प्रेरणा मिलेको छ। चुनौतीमा भाग लिनेले धन्यवाद पाइरहेका छन्।
सामाजिक संजाल इन्स्टाग्राममा यस चुनौती स्वीकार गर्दै करिब २५ हजार भन्दा बढी तस्विरहरु पोस्ट भएका छन् ।यसले सरसफाईको चेतना पनि फैलाइरहेको छ ।