काठमाडौं,४ भदौ । तीन महिनासम्म लामो लकडाउन पछि केहि दिन खुल्यो लकडाउन । तर लकडाउन खुलेसंगै कोरोनास संक्रमितको संख्या बढ्न थालेपछि पुनः ठाउँठाउँ निषेधाज्ञ जारी गरि रहेको छ । त्यसैगरी काठमाडौंका उपत्यकामा पनि निषेधाज्ञा जारी गरिएको छ । सडक आजदेखि फेरि सुनसान भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएकाले सडकमा अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलेका छैनन् । औषधी र खाद्यान्नबाहेक अन्य पसल पनि खुलेका छैनन् ।
सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सवारी साधन चलाउने र पैदलयात्रा गर्नेलाई पनि उनीहरुले सोधखोज गरिरहेका छन् । अत्यावश्यक कामबाहेक घरबाहिर निस्किनेलाई कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।
फोटोः रासस