फिलिपिन्समा शक्तिशाली भूकम्प !

फाइल फोटो

काठमाडौँ, फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा ५.८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ ।

भुकम्पको केन्द्रविन्दु इलाकोस् नोर्टे प्रान्तको पगुदपुद शहरबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा ८ किलोमिटर गहिराईमा रहेको छ । वरपरको कैयौं शहरहरुमा यस भुकम्पको महशुस गरिएको छ ।

भुकम्पको कारण जनधनको क्षतिको कुनै समाचार प्राप्त नभएको बुझिएको छ । उक्त शक्तिशाली भूकम्पपछि परकम्पनको पनि आशङ्का गरिएको छ ।

यो भूकम्प ५.५ म्याग्नीच्युडको मात्र भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया