फरार एसपी डिल्लीराज विष्टद्वारा अदालतमा आत्मसमर्पण !

फाइल फोटो

काठमाडौँ, निर्मला हत्याकाण्डमा प्रमाण नष्ट गरेको आरोप लागेका तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले आत्मसमर्पण गरेका छन् ।

फरार रहेको दाबि गर्दै अदालतमा हाजिर हुन आदेश दिएका विष्ट र डिएसपी अंगुर जीसी मध्य विष्ट मात्र हाजिर भएका छन् । जिसी भने अझै फरार नै छन् । प्राप्त जानकारी अनुसार विष्ट आज मंगल बार्व बिहान अदालतमा हाजिर भएका हुन् ।

आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा, निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र नक्कली अभियुक्त खडा गर्दै यातना दिएको आरोपमा मुद्दा दर्ता भएको थियो ।

एसपी डिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी बाहेक बाँकी ६ प्रहरी भने धरौटीमा छुटिसकेका छन् । धरौटीमा छुट्ने प्रहरीहरु तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउद  रहेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया