काठमाडौँ, विमानस्थल सुरक्षा श्रोतका अनुसार सोमबार बङ्गलादेशको दोस्रो ठूलो चट्टोग्राम विमानस्थलमा विमानको शौचालयमा वेवारिसे अवस्थामा छोडिएका झण्डै २०० वटा सुनका सिक्का विमानस्थल भन्सार अधिकारीले बरामद गरेका छन् ।
सुनको तौल २३ किलो भन्दा बढी रहेको र सुन संग सम्बन्धित कुनै पनि व्यक्तिलाई पक्राउ नगरिएको भन्सार अधिकारीले बताएका छन् । सिन्ह्वा न्यूज एजेन्सीको साथ आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भन्सार गुप्तचर विभागका अधिकारीले भने, ‘ हामीले विमान बङ्गलादेशको शौचालयमा छोडिएका २०० वटा सुनका सिक्कालाई बरामद गरेका छौँ । ‘
उनि भन्छन्, ‘ सुन शौचालयमा छोडिएको अवस्थामा बरामद भएको र यसबारे अनुसन्धान भइरहेकोले विस्तृत विवरण पछि दिइनेछ । ‘ अधिकारीका अनुसार त्याे सुनका सिक्काको मूल्य १४ लाख ३० हजार अमेरिकी डलर (दश कारोड टाका) बराबर हुन्छ ।
दुबैबाट आएको उक्त बिमान स्थानीय समय अनुसार सोमबार बिहान ६ बजे बङ्गलादेशको राजधानी ढाकाबाट २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको चट्टोग्राम बन्दरगाह शहरस्थित विमानस्थलमा अवतरण भएको थियो ।