काठमाडौँ, विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गदै नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालेे प्रेसमाथि अंकुश कदापी स्वीकार्य नहुएन बताएकी छिन् ।
साथै उनले जनताको आवाज उठाउने पत्रकारहरुले पनि संयमित भएर कलम चलाउने बेला आएको बताएकी छिन् । उनले प्रेस स्वतन्त्रता हननका घटना मान्य नहुने भन्दै मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेकी छिन् ।
संघीयतालाई नियन्त्रण गर्ने सोचबाट सरकार अघि बढे त्यो सफल नहुने बताउँदै उनि भन्छिन्, ‘ कतिपय घटनाले संघीयतालाई नियन्त्रण गर्न खोजेको महसुस हुन्छ । त्यसो भयो भने दुई तिहाईको सरकारलाई त्यो सवैभन्दा दुर्भाग्य हुनेछ । यस दिशातर्फ सरकार नबढनु नै राम्रो हुनेछ । ‘