प्रेसर कुकर बमको साथ दुई पक्राउ !

फाइल फोटो

काठमाडौँ, बाँकेमा प्रेसर कुकर बम सहित दुई पक्राउ परेका छन् । जानकी गाउँपालिका–६ गानापुरबाट बिस्फोटक पदार्थ प्रेसर कुकर बम १ थान, सोमा प्रयोग हुने फ्युज, तार र ब्याट्री सहित बुधबार दिउँसो प्रहरीले दुईलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोट रास्कोट नगरपालिका–६ बस्ने ४२ वर्षीय भरत बहादुर बम र ३० वर्षीय सत्य बहादुर शाही रहेका छन् । पैदल हिँडिरहेका उनीहरुलाई जाचँ गर्ने क्रममा उक्त बिस्फोटक पर्दाथ सहित फेला पारी ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले यस बारे थप अनुसन्धान भैरहेको बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया