एजेन्सी, छिमेकी मुलुक भारतमा यस्ता यस्ता घटना हुन्छन् जुन पत्याउनै गाह्रो हुन्छ । हालै भारतको बिहारस्थित भागलपुरमा घटना सार्वजनिक भएको छ ।
उक्त स्थानका एक पुरुषले आफ्नै पत्नीको प्रेमीसंग उनको विवाह गराइदिएका छन् । यति मात्र नभएर आफ्नी पत्नीलाई अन्माउँदा उनले साथमा छोरालाई उपहार स्वरुप त्यस जोडीलाई सुम्पिएका छन् ।
आफ्नी पत्नी र छोरासंग डेरा गरि बस्दै आएका उक्त व्यक्ति एक दिन केहि कारणवश जेल पर्दछन् । पति जेलमा परेका समय पत्नी आफ़ू डेरा गरि बस्दै आएको घरको घरबेटीको छोरासंग नजिकिन पुग्छिन् ।
दिनानुदिन उनीहरुको प्रेम मौलाउँदै जान्छ । केहि समय जेद्लमा बसेर फर्केर आएका पतिले पत्नीको प्रेम सम्बन्ध बारे चाल पाएर उनीहरुको विवाह गरिदिने निर्णय गर्दछन् ।
सो कुरालाई पंचायतमा छलफल गर्दा पन्चायतले पतिको त्यस निर्णयको सदर गर्दछ र अन्त्यत उनीहरुको पन्चायत भवनबाटै विवाह हुन्छ । विवाहमा उपहार स्वरुप उक्त पतिले आफ्नो अढाई वर्षीय छोरा सुम्पिन्छन् ।