काठमाडौँ, आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको छ । करिब ३० जनाको मृत्यु भएको छ भने ४०० जना भन्दा बढी घाइते भएका छन् ।
उक्त क्षतिको निम्ति हर तर्फबाट हरेक खालका सहयोग जुट्ने क्रम जारी नै छ । यस्तैमा प्रदेश ३ सरकारले १ करोड रकम सहयोग गर्ने भएको छ । सोमबार प्रदेश- ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त क्षेत्रको अवलोकन गर्दै मृतकका परिवार र घाइतेलाई भेटेका थिए ।
त्यस पश्चात मंगलबार बिहान बसेको मन्त्रीपरिषद बैठकले प्रदेश २ सरकारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलका अनुसार बैठकले हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुको परिवारप्रति समवेदना प्रकट गरेको पनि बताएका छन् ।