प्रहरी नै लुटेरा, आन्दोलनकारीको सिक्री लुटेको प्रमाणसहित आरोप !

फाइल फोटो

काठमाडौँ, प्रहरी माथी गत बिहिबार बौद्धमा प्रदर्शनमा उत्रिएका एक स्थानीयको सिक्री लुटेको आरोप । चाबहिल‍-जोरपाटी सडक पिचमा ढिलाइ भएपछि प्रदर्शनमा उत्रिएका स्थानियवासीलाई पक्राउ गर्ने क्रममा उनको सिक्री लुटेको आरोप प्रहरी माथि लागेको हो ।

स्थानिय युवा व्यवसायी सहदेव चौलागाईंको सिक्री लुटिएको बताइएको छ । चौलागाईंलाई पक्राउ गर्ने क्रममा प्रहरीले सुनको सिक्री लुटेको प्रत्यक्षदर्शीले दाबी गरेका छन् ।

सिक्री लुट्दा उनको घाँटीमा चोट पनि लागेको छ । स्थानीयले घाँटीमा औँलाले कोतरेको डाम बसेको तस्बिर सार्वजनिक गरेका छन् । पक्राउ गर्ने क्रममा एकजना प्रहरी हवल्दारले घाँटीमा हात लगेर सिक्री तानेको तस्बिरहरु आफूहरुसँग रहेको स्थानीय व्यवसायी निश्चल बाँस्कोटाले बताएका छन् ।

उक्त तस्विर जुम गरि हेर्दा प्रहरीको बुढी औंलाले सिक्री समातेको देखिएको छ । आन्दोलनकारी तर्फबाट माइकिङ गरिहेका चौलागाईंलाई आधा दर्जन भन्दा धेरै प्रहरीले घेरा हालेर समातेको थियो । यसै क्रममा चोरी भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया