प्रहरी नियन्त्रणमा रहेकी पूर्व सांसद गायत्री अस्पताल भर्ना !

फाइल फोटो

काठमाडौँ, गत आइतबार अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ परि महानगरीय प्रहरी प्रभाग सातदोबाटोमा राखिएकी पूर्वसभासद् गायत्री साह हाल अस्पतालमा भर्ना भएकी छिन् ।

उनकी बहिनि ऋतु साहका अनुसार अस्वस्थताको कारण साहलाई शुक्रबार बिहान पाटन हस्पिटलको अकश्मिक कक्षमा भर्ना गरिएको हो । साह दम्पतिलाई शिशु जन्म दिएर अस्पतालमै छाडेको आरोपमा मेडिसिटी अस्पतालबाट पक्राउ गरी सातदोबाटो प्रहरी हिरासतमा राखिएको थियो ।

सन्तान जन्माएर अस्पतालमै छोड्नु गैरकानुनी भएको भन्दै ललितपुरमा अवस्थित मेडीसिटि अस्पतालको उजुरीको आधारमा सह दम्पतिलाई हिरासतमा लिइएको थियो ।

हिरासतमा राखेदेखि नै आमरण अनशन बस्दै आएकी साहको शरीरमा गुल्कोजको मात्रा मात्रा कम भएको र प्रेसर घटेको बहिनी ऋतुलेले बताएकी छिन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया