प्रहरी इन्काउन्टर दुईको मृत्यु !

फाइल फोटो

एजेन्सी, आज बिहानै भारतको दक्षिण कश्मीरको अन्तनाग जिल्लाको बिजबेहरामा प्रहरी इन्काउन्टरमा दुई जनाको ज्यान गएको छ । सुरक्षाबलको कारबाहीमा दुई जना आतंकवादीले ज्यान गुमाएका हुन् ।

उक्त स्थानको बागेंदर भवन क्षेत्रमा सुरक्षाकर्मीले आतंकवादी लुकेर बसेको हुनसक्ने विशेष सुचानको आधारमा खोजीकार्यलाई तिव्र बनाएका थिए । भारतीय पक्षका अनुसार उनीहरु आम निर्वाचनलाई असफल पार्ने उदेश्यका साथ हातहतियार सहित फेला परेका हुन् ।

उनीहरुलाई कारबाही गर्न खोज्दा गोली चलाएपछि जवाफमा सेनाले पनि आक्रमण गरेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया