काठमाडौँ, घनुषाको मुखियापटि मुसरनिया गाउँपालिका–१ मा रहेको नेपाल-भारत नाकामा तस्करले प्रहरीको हतियार खोसेर भागेका छन् ।
मंगलबार राति नेपालबाट लोकल रक्सी ओसार–पसार गरिरहेका करिब १०–१२ जनाको समूहमा रहेका तस्करलाई प्रहरीले रोक्न खोज्दा तस्करले प्रहरीको हतियार खोसेर भागेका हुन् ।
प्रहरी चौकीबाट खटिएर नाकामा रहेका नेपाल प्रहरीसहयक निरीक्षक प्रमोदकुमार साहसहितको टोलीले उनीहरुलाई रोक्न खोजेको थियो । घनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका जानकारी अनुसार तस्करहरुले तस्करीको सामानका साथै प्रहरी सहायक निरीक्षक साहका रिभल्वर समेत लिएर राती २:४० मा फरार भएको हो ।
घटनालगतै जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी निरीक्षको घटनास्थलमा गएको प्रजिअ कणेलले बताएका छन् । प्रमुख जिल्ला अधिकारी कणेलका अनुसार हाल डीएसपी ज्ञानकुमार महतोको टोली गएर तस्करहरुको खोजतलास गरिरहेको छ ।