प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा बम

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको कन्काई नगरपालिका माइधारमा बम फेला परेको छ ।

आईतबार बिहान कन्काई पुलनजिकै स्थानीयले कुकर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बम डिस्पोज गर्न चारआलीबाट आएको सेनाको टोलीले डिस्पोज गर्न नसकेपछि अहिले इटहरीबाट सेनाको टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डमा बम फेला परेपछि अहिले चल्ने सवारीसाधन २ घण्टादेखि रोकिएको छ ।

बमले राजमार्ग अवरुद्ध भएको छ भने यात्रु गन्तव्यमा पुग्न सकेका छैन ।

भिडियो हेरी आफ्नो प्रतिक्रिया दिनुहोस

फेसबुकबाट तपाईको प्रतिक्रिया