प्रधानमन्त्री ओलीले बालुवाटार जग्गा विवादमा पहिलोपटक मुख खोले !

फाइल फोटो

काठमाडौँ, मंगलबार आयोजित नेकपाको संसदीय दलको बैठकमा बोल्दै के.पी ओलीले महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् । बालुवाटार जग्गा विवादमा उनले पहिलोपटक मुख खोलेका हुन् ।

बचाउमा बोल्दै उनले भने, ‘ पदीय दुरुपयोग गरेर महासचिवले जग्गा किन्नु भएको होइन। राजाको शासनको बेला। निरंकुशता भएको बेला किन्नुभएको हो । ‘

प्रधानमन्त्री निवास बालुवाटार (ललिता निवास) सँगै जोडिएको आठ आना सरकारी जग्गा पौडेलका छोरा नवीनको नाममा देखिएपछि नेकपा भित्रबाटै पौडेलको आलोचना भइरहँदा प्रधानमन्त्रीले महासचिवमाथि आक्रमण गरेर पार्टी र सरकार कमजोर बनाउन खोजिएको दाबी गरेका छन् ।

उनि भन्छन्, ‘ पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण गरिएको हो । महासचिवलाई लान्छना लगाउने काम भयो । ‘ साथै उनले भने, ‘ जहाँसुकै हडपिएको जग्गा सरकारले फिर्ता ल्याउँछ । कसलाई नाफा हुन्छ या कसलाई नोक्सान हुन्छ केही हेरिँदैन । सरकारले सत्यत्थ्य बाहिर ल्याउँछ ।

सांसदहरुलाई हल्लाको पछि नलाग्न भन्दै उनले भने, ‘ हल्लाको पछि नलाग्नु, वाइडबडि अनियमितताबारे पनि सरकारले छानबिन गर्दैछ । मैले भ्रष्टचारीको अनुहार हेर्दिनँ भनेको थिएँ । यही कुरा फेरि दोहोर्‍याउँछु । ‘

 

फेसबुकबाट तपाईको प्रतिक्रिया