प्रधानमन्त्री ओलीले पाएको नेतृत्व एवं सु–शासन अवार्डबाट सरकारी कोष स्थापना हुने भएको छ । काठमाडौंमा भएको एसिया प्यासिफिक समिटको समापन अवसरमा प्रधानमन्त्री ओली नेतृत्व एवं सु–शासन अवार्डबाट सम्मानीत भएका थिए ।
प्यासिफिक समिटको समापन अवसरमा युनिभर्सल पिस फेडेरेसनले १ लाख डलर बराबरको पुरस्कार राशिसहितको अवार्ड ओली लाई प्रदान गरेको थियो । ओलीलाई प्राप्त अवाडको पुरस्कार राशिबाट सरकारी कोष स्थापना गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरस्कारमा सरकारले सोही बराबरको रकम थप गरी युवा तथा बालबालिकाका क्षेत्रमा परिचालन हुनेगरी कोष स्थापना गर्ने निर्णय गरेको हो । प्यासिफिक समिटको समापन अवसरमा युनिभर्सल पिस फेडेरेसनले १ लाख डलरबराबरको नेतृत्व एवं सु–शासन अवार्ड ओली लाई प्रदान गरेको थियो ।