एजेन्सी, दक्षिण पूर्वी युरोपेली मुलुक अल्बानियाको प्रधानमन्त्री कार्यालमा पेट्रोल बम प्रहार भएको छ । हजारौं अल्बानियालीहरुले शनिबार आफ्नै देशका प्रधानमंत्रीको कार्यालयमा बम प्रहार गरेका हुन् ।
गत तिन महिना देखि अल्बानियाका विपक्षीले प्रधानमन्त्री इदी रामाको विरोधमा प्रदर्शन गर्दै आएका छन् । हाल त्यहाँका प्रधानमन्त्री रामाले चुनावमा धाँधली गरेको आरोप खेपिरहेका छन् ।
प्रधानमन्त्री रामाले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्न कार्यकर्ता र सर्बसाधारण नागरिकलाई विपक्षी नेता लुल्जीम बाशाले आग्रह गर्दै आएका छन् ।