काठमाडौँ, मंगलबार सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रमको छलफलमा सांसदले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री के.पी ओलीले संविधान संशोधन जुनसुकै बेला गाउने गीत नभएको बताएका छन् ।
साथै उनले आवश्यकता परे संविधान संशोधन पनि गर्न सकिने बताएका छन् । उनले भने, ‘ संविधान संशोधन जुनसुकै बेला गाउने गीतजस्तो भयो। अहिले संशोधन, भरे संशोधन गरौं भन्ने । ‘
थप गर्दै उनले भने, ‘ संविधान संशोधन सधैं भन्नेकुरा जस्तो मात्रै भयो । लोकतन्त्र, जनताको हित र समृद्धिका लागि हो भने बसेर छलफल गरौं । संविधान संशोधन गर्न नसकिने भन्ने छैन । ‘