काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।
न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण बैठक स्थगित भएको जानकारी गराएका छन् ।न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा–बढुवा लगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीश जबराले बुधबार दिउँसो ३ बजे बैठक राखेका थिए ।
प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय सेवा आयोगमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन् ।