प्रदेश सरकार द्वारा मृतक परिवारलाई ३ लाख रुपैयाँ राहत, उपचार खर्च प्रदेश सरकारले नै व्यहोर्ने : मुख्यमन्त्री लालबाबु राउत !

फाइल फोटो

काठमाडौँ, हिजो आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति पुर्याएको छ ।उक्त दुर्घटनामा २५ जनाभन्दा बढीको मृत्यु भएको छ छ भने ४ सय भन्दा बढी घाइतेहरुको कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा उपचार भैरहेको छ ।

उपचारको क्रममा केहिको मृत्यु भएको खबर पनि आइरहेको छ । यस्तैमा सोमबार बिहानै बसेको प्रदेश २ मन्त्रिपरिषदको बैठकले क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै तत्कालीन राहत स्वरुप मृतकका परिवारलाई ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

साथै क्याबिनेटले उक्त प्राकृतिक विपतिमा परेर घाइते भएकाहरुको उपचार खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया