४ फागुन काठमाडौं- दैनिकजसो देशै भरि बलात्कारका घटनाहरु बढिरहेको बेला प्रदेश नं २ मा जबरजस्ती करणी गर्नेलाई आजीवन काराबासको सजाय हुने कानूनको निर्माण गर्ने तयारी गरिएको छ । सोमबार यस बिषयमा गम्भीर रुपले बहस भएको जानकारी गराउँदै न्यायाधिबक्ता दीपेन्द्र झाले चाँडै बलात्कारका घटना नियन्त्रण गर्ने कानून निर्माण हुने बताए ।
झाले कानून निर्माण गर्ने सन्दर्भमा अन्तर्राष्टिय सम्झौता र संविधानलाई मनन् गर्दै हाम्रो देशले अन्तर्राष्टियस्तरमा फाँसीको सजाय दिन्न भनेर हस्ताक्षरर गरिसकेको हुनाले फाँसीको व्यवस्था त गर्न मिल्दैन, तर बलात्कारीलाई आजीवन कारावासको व्यवस्था हुने गरी छलफल भइरहेको जनाएकाछन। छलफल भइरहेको छ हामी चाँडै मूर्त रुप दिन्छौं उनले भने “बलात्कारीलाई कडा भन्दा कडा कारबाही होस ।“ यद्यपि, कानून बनाए पनि प्रदेश कै प्रहरी, प्रशासन हुँदा नियन्त्रणका लागि सजिलो हुने भएकाले प्रदेशले यसतर्फ पनि ध्यान दिनु जरुरी छ ।