प्रदूषित खानेपानीले काठमाडौं उपत्यकामा फैलियो हैजा

काठमाडौं / उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ।‘पानी कसरी प्रदूषित भयो भनेर हामीले अध्ययन गरिरहेका छौं’, उनले भने, ‘अध्ययनका लागि सबै ठाउँको पानीको नमूना संकलन गरिरहेका छौ।’

यस्तै, बूढानीलकण्ठ नगरपालिकाले गरेको पानीको परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ।नगरपालिकाले जार, ढुंगेधारा, बोरिङको पानी परीक्षण गरेको थियो।

महाशाखाका निर्देशक डा दासले बल्खु र कोटेश्वरको पानीको सात वटा नमूना लिई परीक्षण भइरहेको जानकारी दिए।उनले महाशाखा र काठमाडौं उपत्यका खानेपानी कम्पनी लिमिटेडसँग मिलेर खानेपानीको परीक्षण भइरहेको बताए।

महाशाखाका निर्देशक डा दासले हैजाको सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया