प्रतिबन्धमा परेका अस्ट्रेलियाली क्रिकेट खेलाडिको सजाय कायम

अस्ट्रेलियाली पूर्वकप्तान स्टिभ स्मिथ, उपकप्तान डेविड वार्नर र क्यामरुन बेनक्रफ्टमाथि प्रतिबन्धको सजाय कम नहुने क्रिकेट अस्ट्रेलिया ( सिए )ले मंगलबार बताएको छ ।
बल टेम्परिङ घटनामा मुछिएका उनीहरुको सजाय कम नहुने प्रतिबन्धमा परेका तीन खेलाडीको कारबाहीमा कुनै पुनर्विचार गर्ने काम उपयुक्त छैन,’ सिएका अन्तरिम अध्यक्ष अर्ल एडिङ्सले भने ।

सिएले गत मार्चमा सम्पन्न दक्षिण अफ्रिका विरुद्धको टेस्ट खेलमा बल टेम्परिङ घटनामा संलग्न भएको भन्दै कप्तान स्मिथ र उपकप्तान वार्नरलाई अन्तर्रा्ष्ट्रिय क्रिकेटमा १२ महिनाका लागि प्रतिबन्धको सजाय सुनाएको थियो । आफ्ना खेलाडी प्रतिबन्धन परेपछि अस्टे«लियाली क्रिकेट टिमको अवस्था निकै खस्किएको छ । अस्ट्रेलियन क्रिकेटर संघले प्रतिबन्धमा परेका खेलाडीमाथिको कारबाहीलाई पुनर्विचार गर्दै साख फर्काउने कदम चाल्न सिएलाई आग्रह गर्दै आएको छ ।

सिएका अध्यक्ष डेविड पिवर यसै महिना दवाब खेप्दै अध्यक्ष पदबाट हटेपछि अन्तरिम अध्यक्ष बनेका एडिङ्ले सिएको बोर्डले गरे निणर्य उल्टाउन नसक्ने जनाए । सिएको सम्मानका लागि पनि उसले गरेको निर्णयलाई हामीले चलाउनु हुन्न । स्टभ स्मिथ, उपकप्तान डेविड वार्नर र क्यामरुन बेनक्रफ्टमाथिको कारबाहीमा कुनै छलफल आवश्यक छैन । उनीहरूमाथि गरिएको प्रतिबन्ध उपयुक्त भएको अन्तरिम अध्यक्ष बनेका एडिङ्ले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया