प्रतिक्रियावादीहरु परिवर्तन उल्ट्याउन लागे, नेपाल नै बर्बाद हुने खतरा छ : प्रचण्ड

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको बताएका छन् । अध्यक्ष प्रचण्डले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको टिप्पणी गरे । ‘यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ ।’ अध्यक्ष प्रचण्डले भने । हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धिमा टेकेर अगाडि जाने भनेर आएको हो”, अध्यक्षले भने । क्रान्ति दुई÷चार जनाको रहले नहुने उल्लेख गर्दै उहाँले समाजवाद स्थापना गर्ने उद्देश्यमा समाहित भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

कतिपयले ‘प्रचण्डलाई हेगमा लौजाने र, एक दिन भए पनि जेलमा हाल्ने रे’ भनेर प्रचार गरिएको भन्दै अध्यक्ष प्रचण्डले उक्त टिप्पणीलाई परिवर्तन नचाहनेले गरेको टिप्पणी भएको धारणा राखे । ‘हेग लगे त विश्वकै हिरो हुन्थेँ तर, मलाई लैजालान् जस्तो लाग्दैन ।’ उनले भने । जनता र राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई रुचाउने सबै इमान्दार नेता तथा कार्यकर्ता एक ठाउँमा एकतावद्ध भएर यो व्यवस्थाको रक्षा गर्नुपर्ने अध्यक्ष प्रचण्डले धारणा राखे ।

सोमबार अध्यक्ष निवास खुमल्टारमा विप्लव समुह परित्याग गरी नेकपामा प्रवेश गर्ने समुहका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

अध्यक्षले प्रचण्डले भने ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताहरु विरुद्ध षडयन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफूहरु कोही पनि कमजोर नहुने उनको भनाई थियो ।

‘हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धीमा टेकेर अगाडि जाने भनेर आएको हो ।’ अध्यक्ष प्रचण्डले भने । अध्यक्ष प्रचण्डले क्रान्ति दुईचार जनाको रहरले हुने नभएको धारणा राखे । पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने उनको भनाई थियो । नवप्रवेशी नेता रमण घिमिरेले आफूले बाटो बिराएको महशुस भएपछि विप्लव समुह परित्याग गरेको बताए ।

भिडियो हेर्नुहोस

फेसबुकबाट तपाईको प्रतिक्रिया