प्रचण्ड माधवले राखे यी तीन सर्त माने मात्रै कांग्रेससंग चुनावी तालमेल

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेसका तीन सर्त माने मात्र अन्य दलसँग तालमेल हुने बताएका छन् ।

बुधबार वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य कोइरालाले कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी आगामी निर्वाचनमा तालमेल गर्नुपर्ने बताए । उनले नेकपा माओवादी केन्द्रले भनेअनुसार तालमेल नहुने उल्लेख गरे ।

वैशाखमा भएको स्थानीय निर्वाचनमा अधिकतम मत कांग्रेसले नै पाएकाले त्यहीअनुसारको हैसियतले गठबन्धनका दलबीच सिटको तालमेल हुनुपर्ने बताए । पहिलो आर्थिक–सामाजिक रूपान्तरणबारे एउटै धारणा हुनुपर्ने, दोस्रो वैदेशिक नीतिमा न्यूनतम समझदारी हुनुपर्ने र तेस्रोमा पाँच वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्नुपर्ने उनको सर्त छ।

विगतदेखि नै कांग्रेस पार्टीमा गुट–उपगुट हाबी रहेको बताउँदै कोइरालाले पार्टीमा गुट–उपगुट हुनु स्वाभाविक नै भएको बताए । ‘पार्टीमा गुटिज्म हुन्छ । त्यो स्वाभाविक नै हो । गुट भनेको विचार हो, यसलाई अन्यथा लिनुहुँदैन, तर जब अन्य दलसँग प्रतिस्पर्धाको सवाल आउँछ त्यसवेला भने सबै गुट एक हुनुपर्छ । त्यसवेला गुट–उपगुटमा लाग्नुहुँदैन ।’

उनले वैचारिक राजनीतिमा फरक धारणा आउनु सामान्य भएको बताउँदै कम्युनिस्ट, जसपालगायत अन्य दलसँग लड्दा कांग्रेस एकढिक्का हुनुपर्ने बताए । उनले भने, ‘आगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेस नेतृत्वले तेरो–मेरो नगरी योग्य उम्मेदवारलाई टिकट दिए मात्र कांग्रेसको भविष्य उज्ज्वल हुन्छ ।’

संघ र प्रदेशको निर्वाचनका लागि सत्ता गठबन्धन भित्र हुने सिट बाँडफाटमा माओवादी केन्द्रले भनेअनुसार जान नसकिने उनले बताए । ‘सिट बाँडफाँट कसरी हुन्छ त म भन्न सक्दिनँ, तर जसरी माओवादीले सिट बाँडौं भनिरहेको छ, त्यसरी हुँदैन,’ उनले भने, ‘२०७४ सालको आधारमा सिट बाँडफाँट हुन सक्दैन ।’

गिरीजाबाबुले भनेजस्तो सहमति, सहकार्य र एकता पहिला कांग्रेसभित्र हुनुपर्ने र त्यसपछि अन्य तालमेल गर्ने दलसँग खोज्नुपर्ने उनले बताए । प्रदेश र संघको निर्वाचनमा जाँदा स्थानीय तहमा तालमेल गर्दा देखिएको कमजोरी दोहोरिन नहुने कोइरालाको भनाइ थियो ।

कांग्रेस भित्रको गुटगत राजनीति गर्दा पार्टी कमजोर भइरहेको भन्ने पत्रकारको जिज्ञासामा उनले वैचारिक राजनीतिमा फरक धारणा आउनु सामान्य भएको बताउँदै कम्युनिष्ट, जसपा लगायत अन्य दलसँग लड्दा कांग्रेस एकढिक्का हुनुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया