काठमाडौँ, गए राती देशको पश्चिमी भागमा गएको आँधहुरीको कारण आज देशको पूर्वी क्षेत्रमा तीव्र गतिको हुरीबताससहित पानी पर्ने अनुमान गरिएको थियो ।
मौसमविद् विभूति पोख्रेलका अनुसार बिहीबार बेलुकी पश्चिममा विकास भएको न्यूनचापीय प्रणाली मध्य क्षेत्र हुँदै पूर्वतिर जाने अनुमान गरिएकोमा उत्तरतिर लागेको हुँदा पूर्वी क्षेत्रमा हावाहुरी र वर्षाको सम्भावना टरेको छ ।
उनले भने, ‘ हिजो बेलुकी पश्चिममा चलेको हावा बिहान मध्य क्षेत्रमा आइपुगेको थियो, त्यही प्रणाली पूर्व सर्ने देखिएको थियो तर त्यो प्रणाली हामीले जाने अनुमान गरेको बाटोभन्दा माथिबाट उत्तरतिर सरेको छ । ‘
जस कारण यस अघि पूर्वमा अनुमान गरिएको जस्तो तीव्र गतिको हुरीबतास चल्ने सम्भावना टरेको उनले बताएका छन् ।