पूर्वप्रधानमन्त्रीको सवारी चरम लापरवाही, स्कर्टिङ भ्यानले स्कुटरलाई हान्दा स्कुटरलाई नै गलत ठहर [ भिडियो सहित ]

काठमाडौँ, गत शुक्रबार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सवारी रहेको थियो । सवारी संगै प्रहरी भ्यान स्कर्टिङमा, यो त हुने नै भयो । सवारीको साथसाथै सर्वसाधारण पनि आफ्नै गतिमा आफ्नै बाटोमा चल्दै थिए ।

तब नै कुपण्डोलबाट तीनकुने आफ्नो डेरातर्फ सन्तोष कुँवर र उनकी श्रीमती अम्बिरा कार्की पनि आफ्नो स्कुटरमा जाँदै थिए । नयाँ बानेश्वरमा केहि बेरको जाम पछि आफ्नै लेनमा स्कुटर चलाइरहेका कुँवरको संसद भवनको ठिक अगाडि पछाडिबाट तीब्र गतिको भिआइपी गाडी क्रसर भयो ।

त्यसको पछि पछि १झ.१५२७ नम्बरको सशस्त्र प्रहरीको भ्यान थियो । भिआइपी स्कर्टिङ गरिरहेको उक्त भ्यानले पेल्दै-पेल्दै उक्त दम्पतिलाई लडाई दियो । पछाडी रहेको मोटरसाइकलले समयमै ब्रेक लगाउनाले उनीहरु बाँचे । उक्त दुर्घटना पछि उनीहरु घर गए ।

शनिबार सामाजिक संजालमा उक्त दुर्घटनाको भिडियो भाइरल भएपछी बानेश्वर प्रहरी बृत्तले उक्त दम्पतिलाई बोलायो र क्षतिपूर्ति वा औषधि उपचारको आवश्यकताबारे सोध्यो । आफुहरुलाई खासै केहि पनि नभएकोले क्षतिपुर्ति र औषधि उपचारको दाबी नगरेको कुँवरले बताए ।

बानेश्वर प्रहरी बृत्तका अनुसार दुबै पक्षलाई ‘मौखिक मिलापत्र’ गरी पठाइएको छ । भिडियोमा राम्रैसंग देखिएको छ यसमा सरासर गल्ती उक्त भ्यान कै छ । तर पनि प्रहरीले स्कुटर चालककै गल्ती भन्दै चन्दको स्कर्टिङमा खटिएको भ्यानलाई बिना कारबाही छोडेको छ । यो सरासर गलत हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया