पूर्वपरराष्टमत्रीलाई दोश्रोपटक सन्तान वियोगको पिडा, अमेरिकामा पुत्रीको निधन !

फाइल फोटो

काठमाडौँ, नेपालका पूर्वपरराष्टमत्री तथा कुटनीतिज्ञ डा.भेषबहादुर थापालाई पुत्रीशोक परेको छ । न्युयोर्कमा बस्दै आएकी डा. थापाकी छोरी तेजश्रीको ५२ वर्षको उमेरमा निधन भएको छ ।

उनलाई दोश्रोपटक सन्तान वियोगको पिडा खेप्नु परेको छ । ५ वर्षअघि मात्र आफ्ना छोरा भाष्कर गुमाएका डा. थापाले फेरी जेठी छोरी तेजश्री गुमाउनुपरेको छ ।

सामाजिक न्याय र वकालत क्षेत्रमा काम गरेकी तेजश्रीले संयुक्त राष्टसंघीय मिसनमा पनि काम गरेकी थिइन् । उनको मृत्युको कारण भने खुलाइएको छैन । परिवारका सदस्यहरुबीच उनको निधनको घोषणा गरिएको पत्रकार तथा तेजश्रीकी बहिनी मन्जुश्री थापाका पति ड्यानियल ल्याकले लेखेका छन् ।

उनको १८ बर्षीय छोरी पनि छिन् । उनको नाम माया हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया