पुर्व मन्त्री पौडेलको सम्झनामा अनेरास्ववियूको श्रद्धाञ्जली सभा

६ असार, काठमाडौं। सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आफ्ना पुर्व अध्यक्ष एवम् पुर्व शिक्षा मन्त्री धनिराम पौडेलको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । पुर्व मन्त्री पौडेलको गत जेष्ठ ३१ गते चितवनको माडीमा स्थित आफ्नै निजी निवासमा हृदयघातका कारण निधन भएको थिय‍ो।

आज राजधानीमा अनेरास्ववियू केन्द्रीय कमिटीद्वारा आयोजित श्रद्धाञ्जली सभामा नेकपा नेता योगेश भट्टराईले धनिराम पौडेलको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति भएको वताउनुभयो छ।

विद्यार्थी आन्दोलनमा संगसंगै सहकार्य गरेको स्मरण गर्दै भट्टराईले भन्नुभयो -‘ उहाँको निधनले पार्टीले एउटा असाध्यै निष्ठावान् , इमान्दार र वर्गप्रति दृढ नेता गुमाएको छ ।’

श्रद्धाञ्जली सभामा नेकपाका अर्का नेता लिलामणी पोखरेलले पौडेल अवसर पाएर पनि वेइमान नवनेको एउटा असल क्रान्तिकारी योद्धा भएको वताए। नेता पोखरेलले भन्नुभयो -‘ उहाँ एक असाध्यै अध्ययनशील, क्षमतावान र कर्मठ नेताको रुपमा विकास भइरहनुभएको थियोे ।’

कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी ) का पुर्व अध्यक्ष रमेश मल्लले स्वर्गीय पौडेल निष्ठा र इमानको पर्याय भएको वताए । अनेरास्ववियू संयोजक ऐन महरले पौडेल नेपालको सार्वजनिक शिक्षा रुपान्तरणको अग्लो अभियन्ता भएको स्मरण गरे। कार्यक्रममा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले स्वर्गीय पौडेलको जन्मदेखि मृत्युुसम्मका विविध पक्षमा प्रकाश पार्नुभएको थियोे

फेसबुकबाट तपाईको प्रतिक्रिया