काठमाडौँ, विज्ञान विषयको प्रश्नपत्र बाहिरिए संगै पुन सामाजिक विषयको पनि प्रश्नपत्र बाहिरिए पछि त्यसको विरोधमा रौतहतको चन्द्रनिगाहपुरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
आक्रोसित विद्यार्थीहरुले संघका शिक्षामन्त्री गिरिराजमणि पोखरेल र गृहमन्त्रीको राजीनामा माग राख्दै नाराबाजी गरेका थिए । विद्यार्थीले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर गरेको प्रदर्शनले सवारी आवागमन प्रभावित भएको थियो । तर हान भने सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
यसरी प्रश्नपत्र लगातार बाहिरिँदा प्रदेश २ को परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ ।