काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कलाकार जोडी नीता ढुंगाना र हरिहर अधिकारीलाई आफ्नो पार्टी प्रवेश गर्न आग्रह गरेको अभिनेत्री नीताले बताइन् ।
शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा भएको छलफलमा लामिछानेले नीता र हरिहरलाई पार्टी प्रवेश गर्न प्रस्ताव राखेका हुन् ।
‘हामी छलफलमा बसेका हौं । प्रस्ताव आएको हो उहाँबाट । सबैले पत्याउने खालका मान्छेहरु हामीलाई चाहिएको छ । अब युवाहरु आउनुपर्यो भन्ने हिसाबको रवि दाइको कुरा भयो,’ छलफलबारे नीताले भनिन्, ‘ती कुरालाई सकारात्मक हिसाबले सोचिराख्या छौं । छलफलमा छौं । अहिलेसम्म कन्फर्म भएको छैन । हामी सल्लाहमै छौं ।’